राष्ट्रपतिको राजीनामा माग्ने प्रचण्डको अभिव्यक्तिप्रति ओलीको आपत्ति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिको राजीनामा माग्ने प्रचण्डको अभिव्यक्तिप्रति ओलीको आपत्ति


२५ भाद्र २०७९, शनिबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्ने प्रचण्डको अभिव्यक्तप्रति आपत्ति जनाएका छन्। शनिबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रचण्डका आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो? भन्दै आपत्ति जनाएका हुन्।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित कार्यक्रममा नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका थिए।

अध्यक्ष ओलीले आगामी निर्वाचन देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचनको रूपमा संज्ञा दिए। उनले नियमित प्रक्रियाको निर्वाचन नभइ देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचन भएको बताए।

सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको ओलीले बताए । यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकताका सन्तानले नागरिकता पाउने छन् भनेर संशोधन ल्याउन उनले आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस