२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला पहिरो अपडेट : ५ जनाको मृत्यु, १० जना वेपत्ता

अ+ अ-

धनगढी । दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पहिरोमा परी ८ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलका अनुसार शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । अहिलेसम्म ५ जनाको शव भेटिएको, १० जना बेपत्ता रहेको र ८ जना घाइते भएका छन् । घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको रावलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका-२ मुल्लाका ७७ वर्षका नन्दराम बोहरा, वडा नम्बर २ दल्लेखका ६८ वर्षका मोहन राम पार्की, महाकाली नगरपालिका-३ कि ३५ वर्षकी मानमति कार्की, नौगाड गाउँपालिका-१ सल्लाकी ३२ वर्षकी जानकी ठगुन्ना र नौगाड गाउँपालिका-१ कि १५ वर्षकी धनुली ठगुन्ना रहेका छन् ।

पहिरोमा परी घाइते भएका ८ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । पहिरोमा परी ५ वटा जिप, एउटा कार र एउटा ट्याक्टर पनि हराएको छ ।

बाढीले महाकाली नगरपालिकाको लास्कु क्षेत्रका ४, बांगाबगर क्षेत्रका ११ घर र दशरथनगर आधारभूत विद्यालय पूर्णरुपमा क्षति भएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ । अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतले खोज तथा उद्धार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस