२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोमालियाका १५ लाख बालबालिकामा कुपोषण

अ+ अ-

मोगादिसु । संयुक्त राष्ट्रसङ्घीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ । कोषले यहाँ केही समययतादेखि अनिकाल परिरहेकाले यसका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अवस्था अझै बढ्नसक्ने बताएको हो ।

सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोषका प्रतिनिधि वाफा अब्देलतेफले सो कुरा बताएका हुन् । उनले भनेको छ ‘यहाँका बालबालिकामा अहिले पनि कुपोषणको समस्या देखिएको छ । यसैबीचमा केही समय यतादेखि खाद्यान्नको अभाव रहेको र यही अनिकालका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या थप बढ्न सक्ने देखिएको छ । ‘

यहाँ कुपोषणको समस्या कम्तीमा पनि १५ लाख बालबालिकामा पुगेको छ । यो सङ्ख्या यहाँको पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको करिब आधाजति नै हो ।

यसरी पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको आधा जतिलाई कुपोषणको समस्या देखिनुलाई बाल स्वास्थ्यका क्षेत्रको निकै ठूलो चुनौतीका रुपमा हेर्नुपर्ने अवस्था रहेको पनि उनले बताएका छन् ।

यहाँ कुपोषण देखा परेका बालबालिकाको सङ्ख्यामध्ये करिब चार लाख बालबालिकालाई त अस्पताल भर्ना गरेर राम्रोसँग उपचार नै गर्नुपर्ने अवस्था रहेको पनि बताइएको छ ।

यो वर्तमान अवस्था अझै बढ्दै जाने हो भने सोमालियामा बालस्वास्थ्यका क्षेत्रमा निकै ठूलो चुनौती देखा पर्नसक्ने अवस्था रहेको पनि संयुक्त राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।

गएको जनवरीदेखि यतासम्मको तथ्याङ्कमा यहाँका सात सय ३० जना कुपोषित बालबालिका खाद्यकेन्द्र तथा अस्पतालमा उपचारका क्रममा नै मृत्यु भइसकेको पनि संयुक्त राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।