समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य अञ्जना विशंखेले समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग गरेकी छन् ।

बुधबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधान विपरीत समावेशी आयोगले पूर्वाग्रह राखी जातीय, लैङ्गिक आरक्षण आवश्यक नरहेको प्रतिवेदन तयार गरेकाले आयोग पदाधिकारीहरूलाई कारबाही गर्नुपर्ने माग गरेकी हुन् ।

उनले समावेशी आयोगले तयार पारेको ‘विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव अध्ययन प्रतिवेदन २०७९’ तुरुन्त खारेज गर्नसमेत जोड दिइन् ।

उनले भनिन्, ‘संविधान विपरीत संवैधानिक आयोगले पूर्वाग्रह राखी जातीय, लैङ्गिक आरक्षण आवश्यक नरहेको प्रतिवेदन तयार गरेको छ । सरकारले यसलाई तुरुन्त खारेज गर्दै आयोगका पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउन सभामुखमार्फत सरकारसँग माग गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस