गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित 


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । गणपूरक संख्या नपुगेपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि राखेको संशोधन प्रस्ताव पेस गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए ।

उनको माग अनुसार बैठकमा गणना गर्दा ५८ जना मात्र उपस्थित थिए । गणपूरक संख्या पुग्नका लागि प्रतिनिधि सभा सदस्यको एक चौथाइ अर्थात् ६९ जना उपस्थित हुनु पर्ने थियो ।

बैठकमा गणपूरक संख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस