रुपन्देही १ बाट भुसालको नाम पठाउने नपठाउने भन्ने विषयमा चर्को विवाद « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

रुपन्देही १ बाट भुसालको नाम पठाउने नपठाउने भन्ने विषयमा चर्को विवाद


२१ भाद्र २०७९, मंगलबार


बुटवल । नेकपा एमालेको रुपन्देही क्षेत्र नम्बर १ र ३ दुबैबाट धनश्याम भुसालको नाम सिफारिस भयो । १ मा छविलाल विश्वकर्माको पनि नाम सिफारिस भएको छ भने ३ मा भुसालसँगै वासुदेव घिमिरे, यज्ञ जित शाह र दुर्गा भुसालको नाम आएको छ ।

क्षेत्रबाट आएको भुसालको नाममा जिल्ला कमिटीले भने हटाउने प्रयास गरेको छ । प्रदेशमा नाम सिफारिस गर्न सोमबार बसेको बैठकमा रुपन्देही १ बाट भुसालको नाम पठाउने नपठाउने भन्नेमा चर्को विवाद भएको छ ।

सहमति जुट्न नसकेपछि आज बैठक बस्ने भएको छ ।

भुसालको घर क्षेत्र नम्बर १ मा पर्छ । अघिल्लो चुनावमै उनी त्यहीबाट उठ्न चाहेका थिए । तर यहाँ छविलाल विश्वकर्मालाई त्यहाँ टिकट दिइयो भने भुसाल ३ मा हुने छन् । राप्रपाका दीपक बोहोरालाई हराएर भुसाल सांसद चुनिए ।

यो पटक उनको नाम क्षेत्र नम्बर १ को कमिटीले नै पठायो । तर दुवै क्षेत्रबाट पठाउँदा केन्द्रीय नेतृत्व दबाबमा पर्ने भन्दै एकबाट हटाउन खोजिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस