उदयपुरमा एकै परिवारका तीन जनाको हत्या   « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या  


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । उदयपुरको बेलका नगरपालिका ७ गौधाटारमा एक युवाले शुक्रबार एकै परिवारका तीन जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। 

घरबाट खेतीतर्फ जाँदै गरेका स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३० वर्षिया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको हत्या भएको हो।  

हत्या लगत्तै फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेस पोदारले जानकारी दिए। 

आरोपितले राजकुमारलाई खेतीमा जाँदै गरेको अवस्थामा चौवाटे कुलो र आमा छोरालाई स्थानीय बबिङ खोलामा खुकुरी प्रहार गरी हत्या गरेको उनले बताए।  

घटनाका कारण बारे केही खुलेको छैन। घटनास्थल तर्फ प्रहरी निरीक्षकको नेतृत्वमा टोली भर्खरै गएकाले थप विवरण आउन बाँकी रहेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस