कार्यदललाई देउवाको निर्देशन-काँग्रेसलाई ‘८६ सिट’ दिएर मिलाउनू « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

कार्यदललाई देउवाको निर्देशन-काँग्रेसलाई ‘८६ सिट’ दिएर मिलाउनू


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । सत्ता गठबन्धनमा १०० सिटको दाबी गरेको काँग्रेसले ८६ सिटमा चित्त बुझाउने सङ्केत गरेको छ । 

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसलाई ८६ सिट राखेर चुनाव लड्ने तयारी गर्न कार्यदललाई निर्देशन दिएको एक नेताले बताए । 

साथै काँग्रेसले लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि जिताउने तयारी गरेको छ । सभापति देउवाले लोसपाका दुई नेताले जिताउनुपर्ने बताएको ती नेताले बताए । 

“हामी ८६ सिटमा लड्नुपर्छ । महन्थ र राजेन्द्रलाई जिताउन दुई सिट राख्नुपर्छ,” देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने । 

तर, पार्टीमा इतर समूह भने सय सिटबाट तल झर्न नहुने अडानमा छ । अन्य दललाई छाड्नै परे पनि कम्तीमा ९४ सिट काँग्रेसले पाउनुपर्ने इतर समूहको अडान रहेको ती नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस