२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका ज्वाइँ सिफारिस

अ+ अ-

काठमाडौँ । मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका कान्छा ज्वाइँसहित ३ जनाको नाम सिफारिस भएको छ ।

माओवादी केन्द्रको क्षेत्रीय कमिटीले प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवारमा जीवन आचार्यसँगै प्रेस सेन्टर प्रदेश १ अध्यक्ष प्रभात घिमिरे विनोद र माओवादी केन्द्र सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष दुश्यन्त भट्टराईको नाम सिफारिस गरेको हो ।

आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् । २०७४ को चुनावमा उनी वाम गठबन्धनबाट उम्मेदवार भएका थिए ।

घिमिरे र भट्टराई माओवादी जनयुद्ध लडेका पूर्व लडाकु हुन् । तर प्रचण्डका कान्छी छोरी गङ्गाका श्रीमान् आचार्यले नै टिकट पाउने नेताहरू बताउँछन् । प्रदेश सभामै उठ्ने गरेका उनले कार्यकर्ता भेटघाट गरिरहेका छन् ।

थारु समुदायको बाहुल्य रहेको सो क्षेत्र २०७४ मा गठबन्धनको तर्फबाट एमालेको सत्यनारायण चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर प्रचण्डले जोडबलमा चौधरीलाई ब्याक गरेर आचार्यलाई गठबन्धनले उम्मेदवार बनाएको थियो । तर आचार्य काँग्रेसका चुमनारायण तबदारसँग पराजित भएका थिए ।

तबदारले पनि फेरि दोहोरिने तयारी गरेका छन् । एमालेले पनि यो क्षेत्रमा चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

क्षेत्र नम्बर ६ को ख मा भने काँग्रेसबाट केदार कार्की र एमालेबाट पर्शुराम बस्नेत टिकटको प्रमुख दाबेदार छन् ।

प्रतिक्रिया दिनुहोस