महानगरको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले तिर्‍यो मनोरञ्जन कर « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

महानगरको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले तिर्‍यो मनोरञ्जन कर


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। 

भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि बुझाएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। 

उनका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो।  

अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी तिर्नुपर्ने नियम छ।

यस्तै फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ। उक्त कर भने उनीहरूले वडामा बुझाउनु पर्ने छ।

६० रोपनी जग्गा समाज कल्याण परिषद्ले फनपार्कलाई भाडामा दिएको छ। बहाल करको दस प्रतिशत कर परिषद्ले महानगरलाई बुझाउनुपर्ने हुन्छ।

महानगरले २४ घण्टाभित्र कर बुझाउन २४ घन्टे अल्टिमेटम दिएपछि मनोरञ्जन कर मात्र बुझाएको छ। 

पटक(पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनु पर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले २४ घन्टे अल्टिमेटम दिएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस