महाअभियोग सिफारिस समितिले आज पनि जबरासँग बयान लिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महाअभियोग सिफारिस समितिले आज पनि जबरासँग बयान लिने


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो ।

समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । हिजोको बैठकमा जबरालाई पाँच प्रश्न सोधिएको थियो ।

समितिका एक सदस्यका अनुसार उनलाई ४३ वटा प्रश्न सोध्ने तयारी गरिएको छ । तीमध्ये हिजो पाँच प्रश्नमा सवाल–जवाफ गरिएको छ ।

सवाल–जवाफका क्रममा जबराले आफूले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पाँचै जना न्यायाधीशलाई महाअभियोग लगाइदिन आग्रह गरेको खुलासा गरेका छन् ।

उनले ओलीसँग आफूले हात जोडेर संवैधानिक इजलासमा राख्नुपर्ने न्यायाधीशलाई राख्न नसकेको र राख्नु नपर्ने न्यायाधीशलाई राख्नुपरेको जानकारी गराएको पनि बताएका छन् ।

उनले ९९ प्रतिशत जनताका मुद्दामा निष्पक्ष भएर काम गरेको र कुनै कमजोरी नरहेको भन्दै राजनीतिक मुद्दामा भने त्यसो हुन नसेको बताएका छन् ।

जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस