सुदूरपश्चिममा निजामती विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिममा निजामती विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शन


१५ भाद्र २०७९, बुधबार


कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको निजामती कर्मचारी सेवा सम्बन्धी विधेयक खारेजीको माग गर्दै धनगढीमा नेकपा एमाले सम्बद्ध विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

प्रदेश सरकारले आफ्ना आसेपासे अस्थायी कर्मचारीलाई स्थायी गर्न लागेको भन्दै अनेरास्वव्युले विरोध जनाएको हो । धनगढी पार्क मोडबाट सुरु भएको विरोध र्‍याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर टुङ्गिएको थियो । विरोध सभामा अनेरास्वव्युकी प्रदेश सचिव रक्षा बमले सरकारको गैर जिम्मेवार विधेयकको भन्डाफोर गर्न आवश्यक रहेको बताएकी हुन् ।

करारका कर्मचारीलाई व्यवस्थित गरी मुख्यमन्त्रीले आफू चुनाव जित्ने रणनीति लिएको बमले बताइन् । अनेरास्वव्यु कैलाली बहुमुखी क्याम्पसका उपाध्यक्ष पुष्कर भट्टले लोक सेवा पढिरहेका विद्यार्थीको प्रदेश सरकारले जिम्मा लिनु पर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस