प्रहरीलाई १८० वटा गाडी किन्न अर्थ मन्त्रालयको सहमति, ७५ करोड बजेट स्वीकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरीलाई १८० वटा गाडी किन्न अर्थ मन्त्रालयको सहमति, ७५ करोड बजेट स्वीकृत


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागी अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई १ सय ८० वटा गाडी किन्न सहमति दिएको छ । पिकअप (डबल क्याप) गाडी खरिदका लागी अर्थ मन्त्रालयले ७५ करोड बजेट स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए ।

प्रहरीले ठुला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले एउटै स्वरूपको पिकअप ७५ करोडबाट नबढ्ने गरी खरिद गर्न बजेट सुनिश्चित गरे छ । मन्त्रिपरिषद्ले मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरेको छ ।

अर्थ मन्त्रालयले प्रति गाडी ५० लाखभन्दा नबढ्ने गरी खरिद गर्न प्रहरी प्रधान कार्यालयलाई भनेको छ । सीमित गाडी खरिदका लागी बजेट सुनिश्चित भएसँगै निर्वाचन सुरक्षाका लागी १ हजार ५० सवारी साधन भाडामा लिन लागिएको डीआईजी राईले जानकारी दिए ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि प्रहरीले ६१० वटा गाडी किन्नुपर्ने प्रस्ताव गरेको थियो । तर, अर्थले सहमति नदिएपछि त्यतिबेला खरिद गरिएको थिएन । प्रहरीका लागि १३ सय गाडी आवश्यक रहेको डीआईजी राईले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस