तीन वर्षपछि ज्ञानेन्द्रले बनाए अर्धशतक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

तीन वर्षपछि ज्ञानेन्द्रले बनाए अर्धशतक


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ। नेपाली क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा अर्धशतक पूरा गरेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको मंगलबारको खेलमा नेपालका लागि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् । ज्ञानेन्द्रले १४औँ ओभरमा चौका प्रहार गरी ४१ बलमा अर्धशतक पूरा गरे ।

अर्धशतक प्रहार गरेलगत्तै ज्ञानेन्द्र आउट भए । उनले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रनको पारी खेले । बिराज पटेलको बलमा लामो शट खेल्ने क्रममा उनी बाउण्ड्रीमा क्याचआउट भएका हुन् ।

६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका ज्ञानेन्द्रले यसअघि सन् २०१९ को डिसेम्बरमा १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत भुटानविरुद्ध १०७ रनको शतकीय पारी खेलेका थिए । त्यसयता १७ इनिङ्समा उनले अर्धशतक बनाउन सकेका थिएनन् । सोही वर्षको जुलाइमा ज्ञानेन्द्रले टी-२० विश्वकप एसिया रिजन फाइनलमा मलेसियासँग ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

केन्यासँग पाँच टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा दुवै टिमले २-२ खेल जितेका छन् । पाँचौँ तथा अन्तिम खेल अहिले भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस