२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन वर्षपछि ज्ञानेन्द्रले बनाए अर्धशतक

अ+ अ-

काठमाडौँ। नेपाली क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा अर्धशतक पूरा गरेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको मंगलबारको खेलमा नेपालका लागि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् । ज्ञानेन्द्रले १४औँ ओभरमा चौका प्रहार गरी ४१ बलमा अर्धशतक पूरा गरे ।

अर्धशतक प्रहार गरेलगत्तै ज्ञानेन्द्र आउट भए । उनले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रनको पारी खेले । बिराज पटेलको बलमा लामो शट खेल्ने क्रममा उनी बाउण्ड्रीमा क्याचआउट भएका हुन् ।

६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका ज्ञानेन्द्रले यसअघि सन् २०१९ को डिसेम्बरमा १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत भुटानविरुद्ध १०७ रनको शतकीय पारी खेलेका थिए । त्यसयता १७ इनिङ्समा उनले अर्धशतक बनाउन सकेका थिएनन् । सोही वर्षको जुलाइमा ज्ञानेन्द्रले टी-२० विश्वकप एसिया रिजन फाइनलमा मलेसियासँग ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

केन्यासँग पाँच टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा दुवै टिमले २-२ खेल जितेका छन् । पाँचौँ तथा अन्तिम खेल अहिले भइरहेको छ ।