कर्णालीका २ मन्त्रीको शपथग्रहण आज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णालीका २ मन्त्रीको शपथग्रहण आज


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका २ जना सांसदले आज मन्त्री पदको शपथग्रहण गर्ने भएका छन्।

रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन्।

शपथ ग्रहणसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सबै ११ जना माओवादी प्रदेश सांसदहरू मन्त्री बन्नेछन्।

माओवादीले सबै सांसदलाई भागवण्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो।

सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिएका थिए। रिक्त दुई पदमा दुई सांसदले मन्त्रीको शपथ लिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस