पाकिस्तानद्वारा भारतलाई १ सय ४८ रनको लक्ष्य « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानद्वारा भारतलाई १ सय ४८ रनको लक्ष्य


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । एसियाकप टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले भारतलाई १ सय ४८ रनको लक्ष्य दिएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तान १९.५ ओभरमा अलआउट हुँदा भारतलाई सामान्य लक्ष्य दिन सफल भयो।

भारतीय बलरसामु खुलेर खेल्न नसकेको पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानको ४३ रन सर्वाधिक रह्यो। त्यस्तै इफ्तिकर अहमेदले २८ रन बनाउँदा कप्तान बाबर अजाम, फखर जमाम र सादव खानले १०-१० रन बनाएका थिए।

त्यस्तै हरिस रउफले १३ रन बनाउँदा सनवाज दहानीले ६ बलमा १६ रन बनाएका थिए। भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिँदा हार्दिक पाण्ड्याले ३ विकेट हात पारे।

त्यस्तै अर्सदीप सिंह र आभेस खानले समान १-१ विकेट लिएका थिए।  भारत अहिले जवाफि ब्याटिङ गरिरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस