काँग्रेसले तालमेल नचाहे वामपन्थीहरुबीच मोर्चाबन्दी गर्छौ : प्रचण्ड « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले तालमेल नचाहे वामपन्थीहरुबीच मोर्चाबन्दी गर्छौ : प्रचण्ड


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रदेश र सङ्घको चुनावमा नेपाली काँग्रेसले तालमेल गर्न नचाहेमा गठबन्धन भित्रकै वामपन्थी दलहरूबिच मोर्चाबन्दी गरिने बताएका छन् । 

पार्टीका बाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूको पहिलो प्राथमिकता काँग्रेससहित गठबन्धन बनाएर जानेमा जोड रहेको प्रष्ट पारे । यदि काँग्रेस तालमेलमा सीट संख्या मिलाउने सवालमा कन्जुसाइ गरे विचार मिल्ने गठबन्धनभित्रका कम्युनिस्ट पार्टीसँग मोर्चाबन्दी गरेर जाने बताएका हुन् ।

आगामी चुनावमा गठबन्धन बनाएर जाने विषयमा कुनै दुबिधा नभएपनि सीट बाँडफाँटका कुरा नमिले प्रचण्डले गठबन्धन भित्रकै दलहरू मोर्चा बन्दी बनाएर जाने बताएको केन्द्रीय सदस्य अनिल शर्माले बताए । गठबन्धन भित्रकै वामपन्थी दलहरूबिच पार्टी एकता गर्न संयोजन समिति बनिसकेकाले बलियो कम्युनिस्ट शक्ति बन्ने सम्भावना देखिएको प्रचण्डले प्रष्ट पारे । 

माओवादीको पछिल्लो समय आइडेन्टेटीको समस्या भएको विषयमा समेत प्रचण्डले गुनासो गरेका छन् । पार्टीमा चुनाव लड्ने नेता धेरै भएपनि उनीहरूको पक्षमा मात्रै हाइलाइट हुँदा अरू इमानदार नेताहरू छोपिन सक्ने भन्दै सचेत रहनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस