त्रिविमा तनावग्रस्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

त्रिविमा तनावग्रस्त


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अहिले तानावग्रस्त बनेको छ । परीक्षाको प्रश्नपत्रमा त्रिवी पदाधिकारीले लापरबाही गरेको भन्दै काँग्रेस निकट नेपाल विद्यार्थी संघले असार २७ गते त्रिविका विभिन्न कार्यालयमा तालाबन्दी थियो ।

२७ गते लगाइएको ताला अहिलेसम्म खुलेका छैनन् । तर, त्रिवी पदाधिकारीले भने नेविसंघले अनावश्यक दुःख दिएको भन्दै आज पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

बैठकपछि भएको पत्रकार सम्मेलनमा नेविसंघले विरोध गर्दै नाराबाजी गरेपछि एमाले निकट अनेरास्ववियुले नेविसंघमाथि प्रतिकार गरेको छ । अनेरास्ववियु ताला खोल्ने पक्षमा छ भने नेविसंघ खोल्न नहुने र पदाधिकारीले राजीनामा दिनुपर्ने मागसहितको अडानमा छ ।

अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानले आज जसरी पनि बन्द ताला खोलिने जनाएका छन् । अहिले दुवै संगठनका विद्यार्थी एकआसपमा भिड्ने तयारी गरिरहेका छन् । तर, प्रहरीले घटना घट्न नदिनको लागि बल प्रयोग गरिरहेको छ । आक्रामक रुपमा विद्यार्थी प्रस्तुत हुँदा केहि प्रहरी घाइते भएका छन् ।

सम्बन्धित समाचार : नेविसंघका विद्यार्थीद्वारा त्रिविका महत्त्वपूर्ण कागजात लुटपाट, गृहसँग माग्यो सुरक्षा

Tags :
प्रतिक्रिया दिनुहोस