बालेनले व्यवसायीलाई आतङ्कित बनाएको उद्योग वाणिज्य सङ्घको ठहर, क्षतिपूर्ति माग्ने निर्णय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बालेनले व्यवसायीलाई आतङ्कित बनाएको उद्योग वाणिज्य सङ्घको ठहर, क्षतिपूर्ति माग्ने निर्णय


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँमा बनाइएका अवैध संरचना र बेसमेन्ट भत्काउन थालेपछि व्यवसायीहरूको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घको आकस्मिक बैठक बसेको छ ।

आज बसेको वाणिज्य सङ्घ काठमाडौँको बैठकले काठमाडौँ महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले कर तिरेका व्यवसायीलाई महानगरले आतङ्कित गरेको आरोप लगाए ।

३५ दिने सूचना जारी गरेको भएपनि व्यक्तिलाई जानकारी नदिएको व्यवसायीको जिकिर छ । केही दिनअघि फुटपाथ तथा साना व्यवसायीले विभिन्न माग राख्दै महानगरलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

नक्सा पासविना बनाइएका र अण्डरग्राउण्डका संरचना भत्काउन काठमाडौँका मेयर बालेन्द्र साह आफैँ मैदानमा खटिएका छन् । मेयर साहको यो गतिविधिले शक्तिको दुरुपयोग गरेको व्यवसायीको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस