ऊर्जा सहसचिवकाे संयुक्त कार्य समूहको बैठक बस्दै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ऊर्जा सहसचिवकाे संयुक्त कार्य समूहको बैठक बस्दै


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँमा नेपाल–बङ्गलादेश ऊर्जा सचिव स्तरीय बैठक भोलि बस्दै छ । त्यसका लागि बङ्गलादेशका ऊर्जा सचिव सहितको टोली काठमाडौँ आइसकेको छ ।

सचिव स्तरीय बैठकको तयारी स्वरूप आज (बुधबार)दुई देशका ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने छ ।

बङ्गलादेशले नेपालको सुनकोसी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बङ्गलादेशले सोही विषयलाई प्रमुखताका साथ बैठकमा राख्ने तयारी गरेको बताइएको छ ।

६८३ मेगावाट क्षमताको सुनकोसी–३ अर्धजलाशययुक्त आयोजना हो । बङ्गलादेश पावर डेभलममेन्ट बोर्डका प्रतिनिधिहरूसहित २२ तारिखमा काठमाडौँ आइपुगेको बङ्गलादेशको टोलीले मङ्गलवार सुनकोसी–३ जलविद्युत आयोजनाको प्रस्तावित निर्माण स्थलको स्थलगत अनुगमन गरेको थियो ।

दुई देशका अधिकारीहरूको बैठकमा नेपाल–बङ्गलादेश ऊर्जा व्यापारका लागि प्रसारण पूर्वाधार र अन्तरदेशीय विद्युत् व्यापारका लागि भारतको पनि समर्थन लिनेबारे पनि छलफल हुनेछ ।

नेपाल–बङ्गलादेश ऊर्जा व्यापारका लागि भारतको बाटो हुँदै प्रसारण लाइन निर्माण गर्नुपर्ने भएकाले यसमा भारतको समर्थन चाहिने अधिकारीहरू बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस