आज देशका केही स्थानमा चट्याङसहित वर्षा हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज देशका केही स्थानमा चट्याङसहित वर्षा हुने


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । हाल देशभरको मनसुनमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १ र लुम्बिनी प्रदेशका चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस