आगामी चुनावमा आफ्नै चिह्नमा लड्छौँ : माधव नेपाल « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

आगामी चुनावमा आफ्नै चिह्नमा लड्छौँ : माधव नेपाल


७ भाद्र २०७९, मंगलबार


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चूनाव चिह्नका साथ निर्वाचनमा जाने बताएका छन् ।

मंगलबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले (माओवादी केन्द्र)सँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको भन्दै आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिह्नमा लड्ने बताए ।

पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने अध्यक्ष नेपालको भनाइ छ । उनले माओवादी केन्द्रसँग चुनावअघि एकताको सम्भावना नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस