विप्लवका कार्यकर्ताले गरे नेपाल यातायात तोडफोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विप्लवका कार्यकर्ताले गरे नेपाल यातायात तोडफोड


७ भाद्र २०७९, मंगलबार


विप्लव

काठमाडौँ । काठमाडौँको थापा गाउँमा नेपाल यातायात तोडफोड गरिएको छ ।

अनामनगरबाट बानेश्वर जाँदै गरेको बा. ४ ख ९०८९ नम्बरको बस बन्दकर्ताले तोडफोड गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले ढुङ्गा प्रहार गर्दा बसको पछाडिको भागमा क्षति पुगेको छ । आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव नेतृत्वको नेकपाले मङ्गलवार नेपाल बन्दको आयोजना गरेको हो ।

बन्दकर्ताले कोटेश्वरमा एउटा माइक्रो र एउटा बस पनि तोडफोड गरेका छन् । सार्वजनिक सवारी तोडफोड गर्नेहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस