बिपी प्रतिष्ठान भएको बेथिति अन्त्य गर्न पाँचबुँदे सम्झौता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बिपी प्रतिष्ठान भएको बेथिति अन्त्य गर्न पाँचबुँदे सम्झौता


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको बथिति र अनियमितता समाधान गर्नका लागि स्वास्थ्य मन्त्रालय, प्रतिष्ठान र घोपा बचाउ अभियानबीच सम्झौता भएको छ ।

स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र खोप बचाउ अभियानका अध्यक्ष सुधन गुरुङबीच भएको छलफलमा ५ बुँदै सम्झौता भएको छ ।

सम्झौतापत्रमा बिरामीको चापलाई हेरेर डिजिटल एक्सरे मेसिन लगायतका आवश्यक उपकरण क्रमशः जडान गर्दै जाने, खरिद प्रक्रिया पारदर्शी ढंगबाट प्रतिष्ठानको वेबसाइटमा राख्ने, अस्पतालको अनुगमन सम्बन्धित निकायबाट नियमित रूपमा हुने उल्लेख छ ।

त्यसैगरी, विगत ४ वर्षदेखि माग पुरा नभएको एमआरआई मेसिनको खरिद र सञ्चालनको लागि अपुग बजेटको निर्धारणको व्यवस्था र टेन्डर आव्हान गर्ने तथा चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरूको दरबन्दी, पारदर्शी छनोट प्रक्रिया हुने भनी सम्झौता गरिएको छ ।

प्रतिष्ठानमा अनियमितता बढेको, पदाधिकारीले पदीय मर्यादा नराखेको, बिरामीले सामान्य सेवासमेत नपाएको भन्दै पाँच महिनादेखि घोपा बचाउ अभियानले आन्दोलन गर्दै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस