१२ केजी गाँजासहित दुई जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१२ केजी गाँजासहित दुई जना पक्राउ


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ टेडा रोड जाने बाटोबाट करिब १२ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१२ बस्ने २६ वर्षीय राम कुमार प्रजा र १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलाभित्र २ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस