सामुदायिक विद्यालयका कर्मचारी आज पनि धर्नामा  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सामुदायिक विद्यालयका कर्मचारी आज पनि धर्नामा 


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । सामुदायिक विद्यालयका कर्मचारीहरूले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै आइतबार काठमाडौँमा धर्ना दिएका छन् । 

केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय तहले थप रकम उपलब्ध नगराएको भन्दै उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका हुन् । 

चालू आर्थिक वर्षको बजेटमा प्रारम्भिक बाल विकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई सरकारले निर्धारण गरेबमोजिम १५ हजार न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने उल्लेख छ । 

त्यसका लागि सरकारले मासिक पारिश्रमिक ८ हजार उपलब्ध गराउने तथा न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले बेहोर्ने व्यवस्था गरिएको छ । 

तर, स्थानीय तहहरूले आफूहरूलाई कुनै रकम उपलब्ध नगराएको भन्दै आन्दोलन गर्नुपरेको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ । धर्नाबाट पनि आफूहरूको माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस