२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचरण विपरीत काम गरेको भन्दै सई राज किशोर साहलाई हटाइयो जिम्मेवारीबाट

अ+ अ-

रौतहट । बर्दीमा रहेका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) राज किशोर साहले पदीय आचरण विपरीत काम गरेको भन्दै जिम्मेवारीबाट हटाइएको छ ।

साहले सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको थियो

साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनले आचरण विपरीत काम गरेको भन्दै जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले प्रशासनलाई जानकारी दिए

रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा प्रहरी नायव निरीक्षक साह भोजपुरी गीतमा नाचेका थिए । अर्धनग्न नर्तकीहरुसँग उनी नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

साह स्टेजमा नाच्न जानुभन्दा पहिले दर्शकहरूलाई मोबाइलमा फोटो वा भिडियो नखिच्न भनेका थिए । कसैले पनि भिडियो वा फोटो नखिच्ने भनेपछि उनी स्टेजमा उक्लिएका थिए । नाच्दानाच्दै उनले उत्तेजित हाउभाउ देखाउन थाले ।

नेपाल प्रहरीको पोसाकमै अमर्यादित हर्कत गरेपछि साहलाई कारबाहीका लागि हाल शिव नगरको प्रहरी चौकीमा तानेर थप कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

हाल उनी पदमुक्त भइसकेका छन् ।