२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिभाशाली र समाजवादी नेता गुमायौँ, यो मुलुककै लागि असह्य पीडा हो : नेता पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेता रामचन्द्र पौडेलले प्रदीप गिरीको निधनबाट काँग्रेसको समाजवादी आन्दोलनलाई ठुलो क्षति पुगेको बताएका छन् ।

उनले भने, ‘उहाँले निजी स्वार्थ र पदको लोभ नराखी निराशक्त भएर जीवनभर विचारको राजनीति गर्नुभयो । काँग्रेसलाई प्रेरणा दिनुभयो । भरोसा दिनुभयो । यो अभाव काँग्रेसले पूर्ति गर्न सक्दैन । हामीले धेरै ठुलो प्रतिभाशाली र समाजवादी नेता गुमाएका छौँ । यो मुलुककै लागि असह्य पीडा हो ।’

काँग्रेस नेता शेखर कोइरालाले नेपालको सिङ्गो राजनीति र पार्टी सङ्गठनमा गिरीको योगदान सधैँ खड्किरहने बताए । उनले भने, ‘नेपाली राजनीतिका अग्ला व्यक्तित्व, समाजवादी चिन्तक प्रदीप दाइले पुर्‍याएको योगदानको जति नै चर्चा गरे पनि अधुरै रहन्छ ।’ काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले महागुरु गुमाएको प्रतिक्रिया दिए ।

काँग्रेस नेता विमलेन्द्र निधिले आफूले राजनीतिक अभिभावक र अग्रज गुमाएको बताए । विद्यार्थीकालदेखि नै गिरीको सामीप्यमा प्रेरणा पाइरहेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘उहाँ रामायणको पनि ठुलो अनुरागी हुनुहुन्थ्यो, अद्वितीय विश्लेषक हुनुहुन्थ्यो भन्ने कुरा धेरै कमलाई थाहा छ । मेरो राजनीतिक गुरु भएको नाताले व्यक्तिगत रूपमा मलाई ठुलो चोट पुगेको छ ।’ काँग्रेस नेता नरहरि आचार्य विचारको गहनता रहेका गिरी जतिको नेता समकालीन राजनीतिमा कोही नभएको बताए । उनले गिरी पार्टी र पार्टीभित्र गुटमा रहे पनि राजनीतिमा कुनै नेताप्रति पक्षधरता नदेखाई प्रश्न मात्रै उठाइरहने सदाबहार प्रतिपक्षी नेता रहेको बताए । ‘विचारमा बिपीसँग पनि टक्कर लिन सक्ने हिम्मत भएको, सत्ता स्वार्थ र पदको लोभ नभएको नेता हुनुहुन्थ्यो । उहाँको दक्षता र गुणको धेरै लाभ काँग्रेसले लिएको छ । पार्टी र सङ्गठनका लागि कहिल्यै क्षति पुर्‍याउनु भएन, काँग्रेसको कृति राख्ने काम गर्नुभयो,’ आचार्यले भने ।

काँग्रेसकै नेतृत्वमा संविधान जारी गर्दा गिरीले असन्तुष्टि जनाएका थिए । उनले संविधानमा हस्ताक्षर गरेनन् । संविधान जारी गर्दा संसद्मै उपस्थिति भएनन् । मधेसको माग सम्बोधन नगरीकनै जारी गरेको भनेर गिरीले असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस