धर्म निरपेक्षता र गणतन्त्रको सवालमा एमालेभन्दा काँग्रेस इमानदार : चित्रबहादुर केसी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

धर्म निरपेक्षता र गणतन्त्रको सवालमा एमालेभन्दा काँग्रेस इमानदार : चित्रबहादुर केसी


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी विमतिका बाबजुद नेपाली काङ्ग्रेससँगै सहकार्य गरेर जाने बताएका छन् । तर नेकपा एमालेका अध्यक्ष केपी ओली रहुन्जेल प्रतिगमन रहने उनको आरोप थियो ।

पार्टी प्रशिक्षणको क्रममा गृह जिल्ला पुगेका केसीले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रतिगमन विरुद्धको लडाइँमा सफल हुन काँग्रेससँगको गठबन्धन आवश्यक रहेको पनि उनले बताए । केसीले नेकपा एमालेका अध्यक्ष केपी ओली रहुन्जेल प्रतिगमन जारी रहने भन्दै विमतिका बाबजुद काँग्रेससहितको ५ दलीय गठबन्धन चाहिएको बताए ।

एमसीसी, नागरिकता विधेयक जस्ता विषयमा राजमोले सत्ता गठबन्धनमा फरक मत राखेको पनि उनको भनाइ थियो । 

यस्तै हिन्दु सम्राट बनाउने र संसद विघटन गरेर प्रतिगमन ल्याउने ओलीको पक्षमा लाग्न नसकेको उनले बताए । केसीले प्रतिगमनको अन्त्य नभएसम्म ५ दलीय गठबन्धन चाहिएको बताए ।

नागरिकता विधेयकको भने केसीले खुलेरै विरोध गरे । नेपाललाई श्रीलङ्का, फिजी जस्तो बनाउन नागरिकता विधेयक ल्याइएको उनको आरोप छ । नेपालका ठूला दल र शीर्ष नेताहरू भारतीयको इशारामा चलेको उनले आरोप लगाए । अध्यादेशबाट ल्याउन चाहेको नागरिकता विधेयक अहिले काँग्रेसले संसदबाट ल्यायो भनेर एमालेले रोइलो गरेको भन्दै उनले एमालेका नेताहरूमाथि कटाक्ष गरेका थिए ।

यसैबीच आगामी निर्वाचनमा राजमोले आफ्नो सङ्गठन भएको स्थानमा मात्रै गठबन्धन गर्ने र उम्मेदवार दिने केसीले बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस