ट्रकमा मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

ट्रकमा मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । चितवनको इच्छाकामना–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौँका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरूको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

\

Tags :
प्रतिक्रिया दिनुहोस