कर्मचारीलाई बलात्कारको प्रयास गर्ने सहकारीका म्यानेजर पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारीलाई बलात्कारको प्रयास गर्ने सहकारीका म्यानेजर पक्राउ


३ भाद्र २०७९, शुक्रबार


पक्राउ

महोत्तरी । संस्थाकै कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक जना सहकारीका म्यानेजर पक्राउ परेका छन् । 

 पक्राउ पर्नेमा प्रभु बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर सोनमा गाउँपालिका वडा नं. ७ का ३८ वर्षीय शत्रोहन यादव रहेका छन् ।

मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेका थिए । 

युवतीले त्यहाँबाट भागेर ईलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएकी थिइन् ।  बिहीबार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस