कक्षा १२ को प्राप्ताङ्क इन्ट्री गरिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कक्षा १२ को प्राप्ताङ्क इन्ट्री गरिँदै


२ भाद्र २०७९, बिहिबार


परीक्षाफल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकिएको जनाएको छ ।

गत जेठमा सञ्चालन गरेको परीक्षाको उत्तरपुस्तिका परीक्षण सकेर प्राप्ताङ्क चढाउने काम भइरहेको र यो काम भदौको दोस्रो हप्ता सक्ने कक्षा १२ को परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । 

नतिजा प्रकाशन यसपटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार हुनेछ । जस अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अङ्क ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्नेछ ।

तोकिएको अङ्क भन्दा कम ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ । एनजी लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गरिएको छ ।

परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख भन्दा बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस