सवारी दुर्घटनामा ३ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सवारी दुर्घटनामा ३ जनाको मृत्यु


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर बागमती सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको प्रदेश २-२००१ ह २१०९ नम्बरको टेम्पुलाई काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती ०३-००१ ख २०१ नम्बरको रात्री बसले ठक्कर दिँदा सर्लाहीको बागमती नगरपालिकाका तीन जनाको ज्यान गएको हो ।

मृतकमध्ये सर्लाहीको बागमती नगरपालिका शोल्टी घर भएका ढकबहादुर लुङगेली मगरको मात्र सनाखत भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

मृतक दुई जना पुरुषको सनाखत हुन बाँकी छ । ठक्कर दिने बसलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस