५१ विद्यार्थी परे ट्राफिक प्रहरीको कारबाहीमा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

५१ विद्यार्थी परे ट्राफिक प्रहरीको कारबाहीमा 


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । ट्राफिक प्रहरीको चेकिङमा परी ५१ जना कलेजका विद्यार्थीहरू कारबाहीमा परेका छन्।

बुधबार गरिएको ट्राफिक प्रहरी चेकिङमा ५१ जना कलेजका विद्यार्थीहरू कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

कलेजका विद्यार्थीहरूको सुरक्षालाई मध्यनजरमा राख्दै कार्यालयले ट्राफिक चेकजाँच अभियान सञ्चालन गरेको छ।

कारबाहीमा परेका २७ जनाको सवारी चालक अनुमति पत्र नभएको, तीन जनाले आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाएको र अन्य विविध कसुरमा २१ जना चालकलाई कारबाही गरेको प्रहरीले जनाएको छ।

यस्तै बिहानको नियमित चेकिङमा ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका १०७ जना चालक, ४ जना एम्बुलेन्स चालक र २१६ जना अन्य सवारी चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाइएको छ।

त्यस्तै मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी जम्मा ३२८ जना चालकलाई कारबाही गरेको कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस