विप्लव लगायतविरुद्ध जारी पक्राउ पुर्जी फिर्ता लिन माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विप्लव लगायतविरुद्ध जारी पक्राउ पुर्जी फिर्ता लिन माग


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरूलाई पक्राउ पुर्जी जारी गरिएको प्रति गुल्मीका कार्यकर्ताले विरोध जनाएका छन् । गत साउन १६ गते जिल्ला अदालत ललितपुरले विप्लवसहित २८ जना शीर्ष नेताहरू माथि ३५ दिने पक्राउ पूर्जी जारी गरेको थियो । 

त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै पार्टीका गुल्मीस्थित  कार्यकर्ताहरूले  पक्राउ पूर्जी फिर्ताको माग गरेका हुन् । 

यसअघि २०७७ साल फागुन २१ गते  उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध सरकारले फिर्ता गरेको थियो । तर फेरि पक्राउ पुर्जी जारी गरिएकोप्रति गुल्मीका कार्यकर्ताले विरोध जनाएका हुन् । पार्टीका गुल्मी जिल्ला सेक्रेटरी सुमन नेतृत्वका कार्यकर्ताले ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले आफूले सम्बन्धित निकायमा सन्देश पुर्‍याउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस