हिमपहिरोमा परी बेपत्ता भएको ३८ वर्षपछि भारतीय सैनिकको शव फेला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हिमपहिरोमा परी बेपत्ता भएको ३८ वर्षपछि भारतीय सैनिकको शव फेला


१ भाद्र २०७९, बुधबार


नयाँदिल्ली । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ ।

भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।

सेनाले भन्यो कि शेखरलाई सन् १९८४ मा अपरेशन लागि तैनाथ गरिएको थियो । भारत र पाकिस्तानले सियाचेन ग्लेशियरमा नियन्त्रण कायम गर्नको लागि छोटो युद्ध लडेका थिए । यो विश्वको सबैभन्दा अग्लो रणभूमिको रूपमा प्रतिष्ठित थियो ।

लद्दाखको हिमाली क्षेत्रमा अवस्थित यस क्षेत्रमा लामो समयदेखि आणविक हतियार भएका छिमेकीहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ । स्थानीय सञ्चारमाध्यमले शेखर २० सदस्यीय समूहको सदस्य रहेको बताएको छ ।

गस्तीको क्रममा हिउँको आँधीमा फसेको जनाइएको छ । उनको अन्तिम संस्कार अब उनको परिवार बस्ने उत्तरखण्ड राज्यमा पूर्ण सेना सम्मानका साथ हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस