सी डिभिजन छनोटका लागि टिम दर्ता भदौ २४ सम्म  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सी डिभिजन छनोटका लागि टिम दर्ता भदौ २४ सम्म 


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । असोज १ देखि सुरु हुने सहिद स्मारक सी डिभिजन छनोट फुटबलका लागि भदौ २४ गतेसम्म टिम दर्ता गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आह्वान गरेको छ ।

एन्फाले बुधबार सूचना जारी गर्दै इच्छुक क्लबहरूले भदौ २४ गते भित्र एन्फाको सचिवालयमा क्लब र खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ । क्लब दर्ता २५ हजार रुपैयाँ लाग्ने र खेलाडी र अफिसियल दर्ता शुल्क जनही १ हजार रुपैयाँ लाग्ने एन्फाले जनाएको छ ।

क्लब दर्ता गर्दा जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति, वाणिज्य विभाग वा स्थानीय तहमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०७७-७८ को कर चुक्ता, क्लबको विधानको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

टिम र खेलाडी दर्ताका लागि एन्फाको आधिकारिक वेवसाइटबाट फारम दर्ता गर्न सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस