वाइसिएल राष्ट्रिय भेलाको तयारी पुरा, चयन हुँदै श्रीपाली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वाइसिएल राष्ट्रिय भेलाको तयारी पुरा, चयन हुँदै श्रीपाली


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट नेपाल योङ कम्युनिस्ट लिग (वाइसिएल) दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको छ ।

शुक्रबार काठमाडौंको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ नीति र नेतृत्व चयन गर्दै सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गरिने भएको हो ।

आगामी शुक्रबार (भदौ ३ गते) हान ११ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेलाको उद्घाटन गर्ने भएको छ । ‘वाइसिएलको भदौ ३ र ४ गते हुने दोस्रो भेलाको सम्पूर्ण तयारी पुरा भइसकेको छ । देशैभरबाट साढे ७ सय प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने भएका छन् । सो ‘राष्ट्रिय भेलाबाट नयाँ नीति र नयाँ नेतृत्व चयन हुनेछ ।

नयाँ नेतृत्वको रुपमा हालका सहसंयोजक सुवोध श्रीपाली अध्यक्ष हुने भएका छन् । अध्यक्षसहित ३५ सदस्यीय पदाधिकारी चयन हुने भएका छन् । अध्यक्षमा सर्वसम्मत जस्तै भएकाले उपाध्यक्षसहित महासचिव समेत सहमतिबाटै टुंगो लगाइने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस