सिंहदरबारमा ग्यास सिलिण्डर लैजान रोक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिंहदरबारमा ग्यास सिलिण्डर लैजान रोक


१ भाद्र २०७९, बुधबार


काठामाडौँ । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ ।

खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस