वैदेशिक रोजगार विभागको महानिर्देशकमा उमाकान्त आचार्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वैदेशिक रोजगार विभागको महानिर्देशकमा उमाकान्त आचार्य


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । वैदेशिक रोजगार विभागको जिम्मेवारी सहसचिव उमाकान्त आचार्यलाई दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी आचार्यलाई दिएका हुन् ।

आचार्य यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशककै जिम्मेवारीमा थिए । उक्त पद रिक्त राखेर आचार्यलाई सरुवा गरिएको हो ।

वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव शेषनारायण पौडेल अध्ययन बिदामा बसेपछि उक्त पद रिक्त भएको थियो ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ६ महिनाअघि २०७८ माघ २५ गते मन्त्रीस्तरीय निर्णय गर्दै पौडेललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सरुवा गरेर विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस