२४ घण्टामा ८४८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा ८४८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको परीक्षणमा ८४८ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ७२२ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण देखिएको मन्त्रालयको जनाएकाो छ ।

पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस