महाभियोग दर्ता भएको ६ महिनापछि जबराविरुद्ध कारबाही प्रक्रिया सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महाभियोग दर्ता भएको ६ महिनापछि जबराविरुद्ध कारबाही प्रक्रिया सुरु


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि कारबाही प्रक्रिया सुरु हुने भएको छ ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक बुधबार साढे ११ बजेका लागि बोलाइएको छ ।

न्यायपालिका प्रमुखविरुद्ध महाभियोग दर्ता भएको ६ महिनापछि सिफारिस समितिको बैठक बसेर छानबिन प्रक्रिया सुरु हुन लागेको हो ।

महाभियोग सिफारिस समितिका सचिव लक्ष्मी गौतमले बुधबारको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका एजेन्डा रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस