मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरेको धर्ना स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरेको धर्ना स्थगित


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरेको धर्ना स्थगित भएको छ । प्रदेशमा प्रहरी समायोजनको माग राख्दै जारी धर्ना कार्यक्रम तेस्रो दिनमा स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

साउन २९ देखिको धर्नामा मधेस प्रदेशका मुख्यमन्त्री राउतसहित मन्त्री र सांसदहरु समेत सहभागी हुँदै आएका थिए । प्रदेश प्रमुखको कार्यालयअगाडि एक सातासम्म चल्ने भनिएको धर्ना तेस्रो दिनमा स्थगित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस