माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

डा.भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् । सो मौखिक सहमतिलाई लिखित रूपमा औपचारिकता दिने तयारीसमेत भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस