मंसिर ३ सम्म १८ वर्ष पुगेकाले पनि मतदान गर्न पाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मंसिर ३ सम्म १८ वर्ष पुगेकाले पनि मतदान गर्न पाउने


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसमा निर्वाचन हुने दिन ४ मंसिरभन्दा एक दिन अघिसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिले मतदान गर्न पाउने भएका छन् ।

मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये ३ मंसिरसम्म १८ वर्ष पुगेका व्यक्तिहरुले प्रतिनिधिसभा र प्रदेशसमा निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

आयोगले अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने पनि जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस