अर्थमन्त्री शर्मालाई संसदमा एमालेले स्वीकार्‍यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अर्थमन्त्री शर्मालाई संसदमा एमालेले स्वीकार्‍यो


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार पुनः नियुक्तिपछि पहिलो पटक संसदमा रोष्ट्रम प्रयोग गरेका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि अर्थमन्त्री शर्माले असार २२ गते राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन भएको थियो ।

समितिले शर्मामाथि लागेको आरोप पुष्टि गर्ने आधार नभेटिएको प्रतिवेदन दिएपछि साउन १५ गते पुनः अर्थमन्त्रीमा नियुक्त भएका शर्माले पहिलो पटक संसद्को रोष्ट्रम प्रयोग गरेका हुन् ।

आइतबार अर्थमन्त्री शर्माले अर्थ समितिको प्रतिवेदनसहितको बिमा विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव टेबुल गरेका थिए । छलफल गरियोस् भन्ने प्रस्ताव एमालेका सांसदहरूसहितको सभाले बहुमतले स्वीकृत गर्‍यो ।

त्यसपछि सांसदहरुलाई विधेयकमाथि बोल्न सभामुखले समय दिए । छलफलमा एमालेका सांसदहरूले पनि सहभागी भएका थिए । छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभाले विधेयक बहुमतले पारित गर्‍यो ।

Tags :
प्रतिक्रिया दिनुहोस