उठ्न थाल्यो काठमाडौँको फोहोर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उठ्न थाल्यो काठमाडौँको फोहोर


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । सुरक्षाकर्मीको सहयोगमा काठमाडौँ महानगरपालिकाले आज बिहानबाट राजधानीको फोहोर विसर्जन गरेको छ । 

गएको सोमबार काठमाडौँ महानगरपालिकाको दुई वटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिन सहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।

लगत्तै काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई सहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएको सवारी साधनको तत्काल क्षतिपूर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन सुरु गरेको हो । 

कामपा वातावरण व्यवस्थापन विभागका ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा आज १ सय ४३ ट्रिप फोहोर ल्याण्डफिल साइटमा विसर्जन गरेको जानकारी दिए ।

स्थानीय अवरोधको कारण केही दिनयता उपत्यकाका १७ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको थिएन । विभिन्न माग राखी आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार राती फोहोर बोक्ने सवारी साधन तोडफोड गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो । 

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख राईले अहिले कामपाले क्षतिपूर्ति दिने र पछि तोडफोडको घटनामा संलग्नमाथि कारबाही गरी क्षतिपूर्ति असुल्ने जनाएपछि आजबाट फोहोर व्यवस्थापन सुचारु भएको बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस