२४ घण्टामा २६३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु « प्रशासन
Logo १ बैशाख २०८१, शनिबार
   

२४ घण्टामा २६३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएका हुन् ।

एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने, २ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस