आगामी चुनाबका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्नाको तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आगामी चुनाबका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्नाको तयारी


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि करिब १ लाख २० हजार म्यादी प्रहरी भर्नाको तयारी गरिएको छ।

स्थानीय चुनाव र अघिल्लो पटक भएको आम निर्वाचनलाई मध्यनजर गरेर अहिले करिब १ लाख २० हजार म्यादी प्रहरी भर्ना गरिने आँकलन गरिएको प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले बताए ।

उनका अनुसार आवश्यक म्यादी प्रहरीको यकिनका लागि नेपाल प्रहरीले जिल्लादेखि केन्द्रसम्म नै निर्वाचन सेल गठन गरी प्रक्रिया अघि बढाइएको छ। ती सेलले विश्लेषण गरेर आवश्यक म्यादी प्रहरीको संख्या जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रलाई पठाएपछि यकिन विवरण पठाइनेछ। प्रहरी प्रधान कार्यालयले कार्य विभाग प्रमुख सहकुलबहादुर थापाको नेतृत्वमा सेल बनाएको डिआइजी राईले बताए ।

म्यादी प्रहरीको कार्यविधि ४० दिन राख्ने तयारी गरिएको छ । म्यादी प्रहरीमा यसअघिका निर्वाचनमा खटिएका म्यादी र पूर्व सुरक्षाकर्मीहरूलाई पहिलो प्राथमिकतामा राखिने प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस