२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस-एमालेलाई राजा र हिन्दु राष्ट्रको पक्षमा ल्याउन सकिन्छ : राजेन्द्र लिङ्देन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बलियो हैसियत बनाउन सके काँग्रेस र एमालेलाई राजसंस्था र हिन्दु राज्यमा सहमत गराउने बताएका छन् ।

शनिबार राप्रपाले काठमाडौँमा गरेको कार्यक्रममा उनले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि आफूहरुको मात्र दुई तिहाइ बहुमत नचाहिने बताए ।

उनले भने,‘हाम्रा धेरै शुभेच्छुकहरुलाई भ्रम छ । ए राजेन्द्र १ यो भोट मागेर कति सिट ल्याएर राजा ल्याउने हो, हिन्दु राष्ट्र ल्याउने हो, कहिले संघीयता फाल्ने हो भनेर भन्नुहुन्छ । तर मलाई विश्वास छ । राप्रपाजस्तो पार्टीले दुई तिहाइ बहुमत नल्याए पनि एउटा बलियो हैसियत प्राप्त गरेपछि यही कांग्रेस–एमालेहरुलाई यो देशमा कुनै न कुनै प्रकारको राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ, संघीयता चाहिँदैन भन्न वातावरण बनाउन सकिन्छ ।’

पहिले संविधानसभा पनि नचाहेको कांग्रेस र एमाले माओवादी केन्द्रको प्रभावमा परेर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षमा सहमति जनाएको उनले बताए ।

उनले भने, ‘माओवादीले ठोकर ल्याएपछि संविधानसभाको स पनि सुन्न नचाहने काँग्रेस–एमाले गणतन्त्र, धर्म निरपेपक्षता, संघीयतामा सहमत भएका हुन् । एउटा शक्ति निर्माण भएपछि यो देशका काँग्रेस एमाले त कुनै पनि बेला फेरिने रहेछन् ।’

काँग्रेस–एमालेका कतिपय नेताहरुले धर्म निरपेक्षता, सघीयता र गणतन्त्र गलत रहेछ भन्ने अभिव्यक्ति दिएको भन्दै लिङ्देनले भने, ‘यो बेला राप्रपा बलियो शक्ति भयो भने काँग्रेस एमालेलाई माओवादीले जस्तो ठोकेर होइन हामी बुझाएरै राजा र हिन्दु राष्ट्रको पक्षमा ल्याउन सक्छौँ ।’